ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिले हुँदैछ कारोबार ?

Gold
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ मंसिर । आइतबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी आज तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्