पाख्रिन सांस्कृतिक कार्यक्रम सुरु हुँदै, प्रचण्ड प्रमूख अतिथि

Program
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ मंसिर । प्रगतिवादी संस्कृतिकर्मी खुसीराम पाख्रिनको स्मृतिमा आइतबार काठमाडौंमा सांस्कृतिक कार्यक्रम हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टीनिकट जनसांस्कृतिक महासङ्घ, नेपालले उनको स्मृतिमा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो । नेकपाका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’को प्रमूख आतिथ्यतामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा पाख्रिनका गीतहरुको प्रस्तुति रहनेछ । सांस्कृतिक कार्यक्रम आइतबार सांस्कृतिक संस्थानको मेघा हल जमलमा हुने महासङ्घका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्