काठमाडौं, २५ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी प्रतियोगिता अन्तर्गत पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारिवर्सले दोस्रो जीत हासिल गरेको छ ।
मंगलबार किर्तिपुरस्थित क्रिकेट मैदानमा केली कोएट्जरको कप्तानीमा रहेको पोखरालाई सुपर ओभरमा पराजित गरेको हो । पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको विराटनगरले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ८४ रन जोड्यो । र, खेल सुपर ओभरमा गयो ।
सुपर ओभरमा विराटनगरले पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । विराटनगरको लागि करण केसीले २० रन बनाए । जवाफमा पोखराले १३ मात्र बनायो ।
खेल सुपर ओभरमा पोखराले ५ रनमा पहिलो विकेट गुमाएको थियो । त्यस्तै १९ रन बनाउँदा पोखराले ४ विकेट गुमाएको थियो । दबाबमा रहेको पोखराले ७८ रन बनाउँदा आफ्नो सात विकेट पतन भइसकेको थियो । पोखराका लागि पउलले २० रन तथा राजेशले १७ रन जोडे ।
बलिङतर्फ विराटनगरका लागि पिटर भान मिकिरेनले तीन तथा रे भान डेर र्मेवीले दुई विकेट लिए ।
जवाफमा विराटनगरले १९ ओभर तीन बलमा ८४ रनमा अलआउट भयो । विराटनगरले २८ रनमा चार विकेट खेर गुमायो । आसिफ शेख १९ रनको योगदान गर्दा सन्नी पटेलले ८ रन बनाए ।