
काठमाडौं, २६ मंसिर । बुधबार सुनको भाउमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा २ सयले घटेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदी आज तोलाको ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।