विधानसभामा यसरी हार्‍यो मोदीको पार्टी

narendra modi
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ मंसिर । भारतमा यतिबेला विधानसभाको निर्वाचनको मतगणना भइरहेको छ । मध्यप्रदेशमा काँग्रेसले भलै धेरै सिट ल्यायो । तर, यो आँकडाबाट तपाई अचम्ममा पर्नुहुनेछ कि भोट संख्यामा उसले बिजेपीलाई पछार्न सकेन । निर्वाचन आयोगका अनुसार भारतीय जनता पार्टी (बीजेपी)ले पछिल्लो पटक चार प्रतिशत भोट कम पायो । तर, उसले काँग्रेसभन्दा करिब ०.१ प्रतिशत भोट बढी ल्यायो । यो सिट संख्यामा भने होइन ।

बीजेपीले मध्य प्रदेश विधानसभा चुनावमा यसपटक ४१ प्रतिशत भोट पायो भने काँग्रेसले ४०.९ प्रतिशत भोट पायो । मध्य प्रदेशमा बीजेपीले एक करोड ५६ लाख ४२ हजार ९८० भोट पाउँदा काँग्रेसले एक करोड ५५ लाख ९५ हजार १५३ भोट प्राप्त गर्‍यो । भोट संख्या बढी हुँदा पनि बीजेपी सबैभन्दा ठूलो पार्टी बनेन ।

यसअघिको निर्वाचनसँग तुलना गर्ने हो भने बीजेपीले यहाँ १६५ सिट जितेर स्पष्ट बहुमत ल्याएर सरकार बनाएको थियो । जबकी काँग्रेसले मात्रै ६८ सिट जितेको थियो । सन् २०१३ को निर्वाचनमा बीजेपीले ४४.८८ प्रतिशत मत ल्याएको थियो भने काँग्रेसले ३९.३८ प्रतिशत मत पाएको थियो ।

स्मरण रहोस् यो चुनावमा मध्य प्रदेशमा कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन सकेनन् । काँग्रेस ११४ सिटसँगै सबैभन्दा ठूलो पार्टी बन्यो भने बीजेपीले १०९ सिट जितेर दोस्रो ठूलो पार्टी बन्न पुग्यो ।

Election in india

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्