विवाह पञ्चमीमा सहभागी हुन भूमिसुधार मन्त्री अर्याल जनकपुरमा

Padma Aryal
लाेकपाटी न्यूज
0 Shares

धनुषा, २५ मंसिर । विवाह पञ्चमीमा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल जनकपुर पुगेकी छन् ।

मन्त्री अर्याल सीताराम स्वयम्बरमा सहभागी बुधबार जनकपुर पुगेकी हुन् । उनी अहिले पार्टीको प्रदेश कार्यालयमा कार्यकर्ता भेटघाटमा व्यस्त छिन् । राम जानकीको विवाह भएको सन्दर्भमा विवाह महोत्सव हुन लागेको हो । यो महोत्सव हरेक वर्ष आयोजना गरिँदै आएको छ ।

मन्त्री अर्याल बुधबार बेलुका विवाह पञ्चमीमा सहभागी हुने कार्यक्रम रहेको छ । जनकपुर बसाईका क्रममा मन्त्री अर्यालले अाफ्नाे मन्त्रालयसँग सम्बन्धित विषयमा अन्तर्क्रिया गर्नेछिन् ।

त्यस्तै विवाह पञ्चमीमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि जनकपुर पुगेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्