
काठमाडौं, २७ मंसिर । बिहीबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले गिरावट आउँदा चाँदीको भने पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५९ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको रु. ५९ हजार २ सयले किनबेच भइरहेको छ ।
त्यस्तै चाँदी तोलाको रु. ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।