बिहीबार भूमिसुधार मन्त्रीका पाँच कार्यक्रम

Padma Aryal
लाेकपाटी न्यूज
0 Shares

बर्दिबास, २७ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल बिहीबार धनुषा र महाेत्तरीका पाँच कार्यक्रममा सहभागी भइन् ।विवाह पञ्चमी समाराेहलाई सम्बाेधन गर्न बुधबार जनकपुर पुगेकी मन्त्री अर्याल बिहीबार बिहानैदेखि आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यक्रममा व्यस्त रहेकी छन् ।

Padma Aryal02

मन्त्री अर्यालले बिहीबार बिहानै धनुषामा रहेकाे जिल्ला मालपाेत कार्यालयकाे अनुगमन गरिन्। कार्यालय अनुगमन गर्दै मन्त्री अर्यालले भनिन्, ‘मालपाेत र नापीकाे अधिकार हामी तल्लाे तहमा हस्तान्तरण गर्दैछौं, त्यसभन्दा पहिला नापी र मालपाेतका कागजात डिजिटलाइजेशन गर्छौं ।’

निरीक्षणपछि मन्त्री अर्यालले धनुषाकाे मिथिला नगरपालिकाकाे दुधपानीका अव्यवस्थित सुकुम्बासीसँग अन्तर्क्रिया गरिन् । अन्तर्क्रियामा स्थानीयले मन्त्री अर्यालसँग आफूहरु पैतिस वर्षदेखि सरकारले ताेकेकाे स्थानमा बसे पनि लालपूर्जा नपाएकाे गुनासाे गरे ।

Padma Aryal

स्थानीयकाे गुनासाे सम्बाेधन गर्दै मन्त्री अर्यालले भनिन्, ‘हामी शक्तिशाली भूमि आयाेग बनाउँदै छौं । भूमिका समस्याकाे दीर्घकालीन समाधानका लागि हामी क्रियाशील छौं । हामी ऐन बनाउँदै छौं । ऐन बनेपछि काम रफ्तारमा अघि बढ्छ । आयाेग प्रतिवेदनमूखी हाेइन, एक्सनमूखी हुन्छ।’

त्यसपछि बिहीबार नै मन्त्री अर्यालले बर्दिवास नगरपालिकाले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गरिन् । कार्यक्रममा नगरपालिकाले स्थानीयका माग केन्द्रित गरी मन्त्री अर्याललाई ज्ञापनपत्र पेश गर्‍यो । कार्यक्रममा मन्त्री अर्याललाई स्थानीयले आफ्ना समस्यालाई सुदुर भविष्यकाे विषय नबनाउन अपील गरे ।

नगरपालिकाकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री अर्यालले जतिसक्दाे छिटाे समस्या समाधानका लागि आफू रातदिन लागेकाे बताइन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाेखरेलले सुकुम्बासी र अव्यवस्थित बसाेबासीका समस्या समाधानका लागि आफू खटिरहेकाे बताए ।

Padma-Girirajmani

बिहीबार दिउँसाे नै मन्त्री अर्यालले गाैशालामा रहेकाे गुठी संस्थान र सहकारी बाेर्डकाे नाममा रहेकाे जग्गाकाे अनुगमन-निरीक्षण गरिन् । त्यसपछि मन्त्री अर्यालले गाैशालाकाे निगाैलमा रहेकाे गाईगाेठकाे अनुगमन गरिन् । उनकाे साथमा शिक्षामन्त्री पाेखरेल पनि थिए ।

बिहीबार नै मन्त्री अर्यालले गाई फार्मले आयाेजना गरेकाे अन्तर्क्रियालाई सम्बाेधन गरिन् । अन्तर्क्रियामा बाेल्दै मन्त्री अर्यालले इच्छाशक्ति भए परिवर्तन सम्भव हुने बताइन् । मन्त्री अर्याल पाँच कार्यक्रममा सहभागी भई बिहीबार राजधानी फर्किँदैछिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्