नेकपा बैठक : वक्तालाई बीस मिनेट

CPN Standing committee
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सोमबारको स्थायी समिति बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनको महत्वका बारेमा चर्चा गर्दै छलफलमा सहभागी हुन सदस्यहरुलाई आह्वान गरेका थिए ।

बैठकले प्रतिवेदनका सम्बन्धमा विचार व्यक्त गर्न प्रत्येक वक्ताका लागि २० मिनेटको समय तय गरेको छ । २० मिनेटको समयभित्र नेताहरुले प्रतिवेदनमाथि टिप्पणी र सरकार तथा पार्टीको समीक्षा गरिरहेका छन् ।

गत जेठ ३ मा भएको तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) को एकतापछि बनेको नेकपामा केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जिल्ला र जनसङ्गठनको एकता अझै टुङ्गिएको छैन ।

प्रदेश कमिटीले भने पूर्णता पाइसकेको छ । बैठक मङ्गलबार बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पुनः बस्नेछ । बैठकले पार्टीको राजनीतिक कार्यक्रम बनाउनुका साथै एकता प्रक्रिया टुंगाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्