काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व. गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । पूर्वप्रम गिरीको आज बिहान उहाँकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो ।
पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) December 18, 2018