म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोरिन्हो बर्खास्त

Morinho
लाेकपाटी न्यूज

काठमाडौं, ४ पुस । यो सिजनमा उत्कृष्ट प्रदर्शन नगरेको म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त गरेको छ ।

क्लबले उनलाई सन् २०१६ को मे महिनामा नियुक्त गरेको थियो । उनको नियुक्तिसँगै क्लबले ठूलो आशा बोकेको थियो । म्यानचेस्टर युनाइटेडलाई उनले युरोपा लिगको उपाधि पिन जिताएका थिए । गएको सिजन राम्रो प्रदर्शन गरेको म्यानुको खेल यसपटक भने निराशाजनक नै रह्यो ।

क्लब लिगको शीर्षस्थानमा रहेको लिभरपुलभन्दा १९ अंकले पछि छ । लिभरपुलसँग ३-१ गोलले पराजित भएपछि प्रशिक्षकको रणनीति फ्लप खाएको आरोप उनीमाथि लागेको थियो ।

मोरिन्होलाई प्रशिक्षकमा अनुबन्ध गरेपछि क्लबले ११ खेलाडीका लागि ४०० मिलियन पाउण्ड खर्च गरेको थियो ।

म्यानचेस्टर युनाइटेडले एक विज्ञप्ति जारी गर्दै अस्थायी प्रशिक्षक नियुक्त गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्