
काठमाडौं, ४ पुस । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी तोलामा पाँच रुपैयाँले घटेर ७२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।