आक्रोशित स्थानीयद्वारा मैलुङ प्रहरी चौकी तोडफोड

mailung attack
लाेकपाटी न्यूज
0 Shares

रसुवा, ५ पुस । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैतै तामाङ बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि आक्रोशित स्थानीयबासीले बुधबार मैलुङ प्रहरी चौकी तोडफोड गरेका छन् । तोडफोडको क्रममा दुई प्रहरी घाइते हुनुका साथै प्रहरीको एक गाडीमा पनि क्षति पुगेपछि प्रहरीले पाँच राउन्ड हवाइफायरसमेत गरेको थियो ।

घटनालाई लिएर उत्पन्न विवाद समाधानका लागि मैलुङमा सरोकारवाला पक्षबीच छलफल आह्वान गरिएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका १९ वर्षीय मैते तामाङसहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीमाथि अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएकामा किस्पाङ–५ स्थित पैरेबेँसी भन्ने स्थानमा आएपछि शौच गर्ने बहानामा बुधबार अपरान्ह भाग्ने क्रममा तामाङ नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करिब १०० जनाको टोली तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा बिहीबार बिहानदेखि खोजीमा परिचालन गरिएकोे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्