दैनिक लाखौँ राजश्व घाटा

gandak jalbidhut kendra-1
लाेकपाटी न्यूज
0 Shares

नवलपरासी, ५ पुस । पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन नहुँदा सरकारलाई दैनिक लाखौँको राजश्व घाटा हुँदै आएको छ । प्रतिदिन ३.५ देखि ४ युनिट विद्युत उत्पादन हुने यस विद्युत उत्पादन गृहमा विगत दुई महिनादेखि विद्युत उत्पादन बन्द भएको हो ।

कार्यालयका अनुसार भारतीय पक्षले गण्डक नहरमा गत कात्तिक ६ गतेदेखि नहरमा पानी बन्द गरेपछि नहरमा आवश्यक पानी नहुँदा उत्पादन बन्द हुन पुगेको छ । भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करिब दुई महिनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । जसकारण नहरमा आवश्यकताअनुसार पानी नहुँदा विद्युत उत्पादन गृहमा लामो समयदेखि विद्युत उत्पादन बन्द हुन पुगेको हो ।

विद्युत उत्पादन गृहमा विद्युत उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ । तत्कालै अब नहरमा आवश्यक पानी आएपछि पुनःविद्युत उत्पादन गृहबाट विद्युत उत्पादन गर्ने गृहको योजना छ ।

विद्युत उत्पादन गृहको स्थापनाकालमा तीन वटा टर्वाइन जडित गरी दैनिक १५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि लामो समयदेखि एउटा मात्र टर्वाइन सञ्चालनमा छ । जसकारण नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा समेत क्षमताभन्दा निकै कम करिब ३.५ देखि चार मेगावाट मात्र विद्युत उत्पादन हुने गर्दछ ।

विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरुपमा बिग्रिएर थन्किएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्