
काठमाडौं, ६ पुस । शुक्रबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको रु. ५८ हजार ५ सयमा किनबेच भइरहेको छ ।
चाँदी तोलाको रु. ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।