
काठमाडौं, ६ पुस । सर्वोच्च अदालतले गुन्डा नाइके दिपक मनाङ्गेलाई थुनामक्त गर्न आदेश दिएको छ । आदेशपछि उनलाई कारागारबाट छाडिएको प्रहरीले स्रोतले जनाएको छ ।
मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजारमा कारागारमा कैद सजाय भोगिरहेका थिए । उनी प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य पनि हुन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई वैशाख ७ गते पक्राउ गरेको थियो ।