चितवन, ६ पुस । भरतपुर महानगरपालिकाको सार्वजानिक जग्गा संरक्षण समितिले भरतपुर-२१ मा रहेको १७ कठ्ठा जमिन शुक्रबार आफ्नो मातहतमा ल्याएको छ ।
महानगरपालिकाले यसअधि मनिपुर स्कुलले प्रयोग गरे पनि स्थानीय हरि बहादुर थापाले कब्जा गरेको जमिन महानगरपालिकाले आफनो संरक्षणमा ल्याएको हो ।
भरतपुर-२१ को कृष्णचोक पुर्व मनिपुरमा रहेको जमिन शुक्रबार समितिका संयोजक अरुण पीडित भण्डारीसहित समितिका सदस्य तथा वडा अध्यक्षहरु चित्रसेन अधिकारी, मणिलाल तामाङ, कर्ण बहादुर गुरुङ, पदमपाणी सुवेदी, वडा सदस्य किशोर पौडेल र सदस्य सचिव विसुराम कुँवरको उपस्थितिमा महानगरले आफनो मातहतमा ल्याएको हो ।