मुलूकको समृद्धिमा संस्कृतिको अमूल्य योगदान : प्रचण्ड

prachanda-5
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुलूकको आर्थिक समृद्धिका लागि सांस्कृतिक पर्वहरुको अमूल्य योगदान रहने बताएका छन् ।

शनिबार किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा शुभकामना सन्देश दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन् । यस्तो छ प्रचण्डले दिएको शुभकामना ।

शुभकामा सन्देश

किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएकाले विभिन्न समुदायले मनाउने चाड पर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको छ । विभिन्न सुमदायहरुको यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्न सकेको हो ।

नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हाम्रा पहिचान हुन् । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो भूमिका रहन्छ । सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरुले अझ मद्दत मिलोस् भन्दै किरात र ज्यापु समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)