नारायण विश्वकर्मा/स्याङ्जा, ७ पौष । सोनी फिल्म्सको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘प्रेम संसार’ स्याङ्जामा पनि छायाङ्कन हुने भएको छ ।
चलचित्रको राजधानीको भद्रकाली मन्दिरमा बिहीबार नेपाली कथानक चलचित्र ‘प्रेम संसार’को मुर्हतमा स्याङ्जाको विभिन्न धार्मिक तथा पर्यटकीय स्थानमा छायाङ्कन हुने निर्माण पक्षले जानकारी गराएको हो ।
चलचित्र स्याङ्जासहित काठमाडौं, पोखरा, चितवन, पर्वत, लगायतका स्थानमा छायाङ्कन गरिने भएको हो । सामाजिक प्रेम कथामा निर्माण हुन लागेको यो चलचित्रको मुर्हत सर्टको निर्देशन सोभित बस्नेत, कल्याप उत्तम केसी, क्यामारा स्वीच अन रबि कार्कीले गरेका थिए ।
कलाकार प्रेम सोनी, मोनिका दाहाल र आयुष्मा कार्कीले मुहर्त सर्ट दिएको कार्यक्रमा अस्मिता भण्डारीले नरिबल फोडेकी थिइन् । सोनी फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई प्रेमबहादुर सुनार र कमल सुनारले निर्माण गर्न लागेका हुन् ।
प्रेम सोनीको कथा लेखन, शंकर महर्जनको द्वन्द्व, रामचन्द्र गौतमको पटकथा/सम्वाद, दिपेन बस्नेतको छायाङ्कन, प्रेम शर्माको सम्पादन रहने चलचित्रमा एकिन्द्र सारा शंकरको नृत्य निर्देशन रहने छ । चलचित्रमा ‘पर्वत स्टार’मा भाग लिएका अन्य कलाकारको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा प्रेम सोनी, मोनिका दाहाल, विविशा पाण्डे, सोभित बस्नेत, उत्तम केसी, आयुष्मा कार्की, रामचन्द्र अधिकारी, शुरवीर पण्डित, लक्ष्मणविक्रम बस्नेत, राजकुमार शाह, सुदन धिताल, अस्मिता भण्डारी, सीता वि.क., सुनिल वि.क., श्रृष्टि सुनार, गणेश सुनार, सौगात सोनी, प्रज्जवल सोनी, विशाल सोनी, सूर्य विश्वकर्मा, हिरालाल विश्वकर्मा, राजकुमार पौडेल, अर्जुन पौडेल लगातका कलाकारको अभिनय रहने छ ।
विकास क्षेत्री प्रोडक्सन म्यानेजर रहेको चलचित्रका गीतमा अर्जुन पोखरेल र बीबी अनुरागीको सङ्गीत रहने छ । यही पौष १२ गतेदेखि छायाङ्कनमा जाँदै गरेको चलचित्रलाई तीन सयभन्दा बढी म्युजिक भिडियो र ८ भन्दा बढी चलचित्रमा मूख्य सहायक निर्देशक गरेका राम गौतमले निर्देशन गर्दैछन् ।