‘गणतन्त्र ढालेर कांग्रेसको भलो हुँदैन’ : प्रचण्ड

prachanda-10
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस तात्कालीन प्रधानमन्त्री एवं सभापति सुशील कोइरालाका विरुद्ध उभिन नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा ‘देश किन बनेन्’ नामक पुस्तकको बिमोचन गर्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने कांग्रेस समाप्त भएर जाने चेतावनी पनि दिए। अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मुख्य खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिँगै घर भत्काउने दुस्साहस नगर्न पनि कांग्रेस नेतृत्वलाई सचेत गराए।

वर्तमान संविधानको ‘पिता’ ठान्ने कांग्रेसले पार्टीका तत्कालीन सभापति सुशिल कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दुराज्यको पक्षमा बहस सुरु गरेको अध्यक्ष प्रचण्डको दावी छ। अध्यक्ष प्रचण्डले विपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न सुहाउँछ भनी प्रश्न पनि गरे।

उनले विविधतायुक्त मुलुकमा राज्यले वा कुनै पनि पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने तर्क पनि गरे। प्रमुख प्रतिपक्ष दल कांग्रेस महासमितिको जारी बैठकमा हिन्दुराज्यको पक्षमा पनि बहस सुरु भइरहेका बेला अध्यक्ष उनले त्यसप्रति आपत्ति जनाएका हुन्।

अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो संविधानका चार खम्बा छन्, गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशी–समानुपातिक व्यवस्था । एउटा खम्बा ढले बाँकी खम्बा नि रहँदैनन् । के कांग्रेस सुशीलजीका विरुद्ध जान खोजेको हो ? धर्मनिरपेक्षता ढल्दा गणतन्त्र पनि बाँकी रहँदैन । यतातिर कांग्रेसको हेक्का जाओस्, गणतन्त्र ढालेर कांग्रेसको भलो हुँदैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्