काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले फेसबुकमार्फत् शैक्षिक सुझाव दिएका छन् ।
शनिबार साँझ आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै डा. भट्टराईले शिक्षामन्त्रीले सुझावका लागि आफूलाई बोलाएको तर जान नसकेको उल्लेख गर्दै फेसबुकमै सुझाव दिएका हुन् । उनले फेसबुकमा एक भिडियो अपलोड गर्दै उक्त भिडियो हेरेर शैक्षिक नीति बनाउन शिक्षामन्त्रीलाई सुझाएका हुन् ।
भट्टराईले उक्त भिडियोको मुल भावलाई शिक्षा नीतिमा समावेश गर्न पनि आग्रह गरेका छन् । यस्तो छ डा. भट्टराईको स्टाटस ।
‘शिक्षा नीतिबारे सरकारले बनाएको पछिल्लो कार्यदलले तयार पारेको रिपोर्टमाथि छलफल गर्न केही दिन अघि शिक्षामन्त्रीले बोलाउनु भएको थियो, जान सकिनँ । उहाँलाई यो भिडियो हेर्न अनुरोध छ । सक्नुहुन्छ भने यसलाई राष्ट्रिय शिक्षा नीतिमा समावेश गर्न अनुरोध छ।
नयाँ शक्तिका संस्थापक अभियान्ता मदन राईको अगुवाइमा सुभद्रा मदन फाउण्डेसनले खोटाङ्मा चलाइरहेको यस विद्यालयमा विद्यार्थीहरूले सानैदेखि पढाई सँगसँगै सीप पनि सिक्छन्। स्कूलबाट निस्कँदा अठारवटा जीवनोपयोगी सीप सिक्छन् । सायद हाम्रो देशको दीगो विकास समृद्धिको मौलिक बाटो यही हो कि ? सबैले यो भिडियो हेरौं र आफ्नै अन्तरात्मासँग सोधौं ।’
गुहु,मुत र पसिनाकाे स्कुलमा एलिसाकाे कथा… Sunne Katha Video Episode -01
Explore the world !!Click here and share गुहु,मुत र पसिनाकाे स्कुलमा एलिसाकाे कथा… Sunne Katha Video Episode -01Youtube: https://www.youtube.com/watch?v=oStVRTfO380
Posted by Katha Express on Thursday, December 20, 2018