
सिरहा, ८ पुस । सिरहामा आइतबार प्रेसरकुकर बम भेटिएको छ । गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिक उक्त बम फेला परेको हो ।
भेटिएको बम शक्तिशाली भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी घटनास्थल पुगिसकेको छ । बम डिस्पोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बम आसपासको २ सय मिटरको दुरीमा घेरा हालेको छ ।
बम भेटिएको स्थानमा ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चा भेटिएको छ । उक्त पर्चामा मिति, छाप र आधिकारिक हस्ताक्षरसमेत छैन ।