गिरीको स्मृतिमा श्रद्धाञ्जली सभा

gopal giri
लाेकपाटी न्यूज
0 Shares

पर्वत, ९ पुस । नेकपाका कार्यकर्ता गोपाल गिरीको निधन भएको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेकपा कुश्मा नगर कमिटीले गिरीको घरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।

श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य मेघनाथ सुवेदीले गोपाल गिरी कम्युनिष्ट आन्दोलनको धरोहर भएको र उनको निधनले नेकपा पर्वतलाई ठूलो क्षति पुगेको बताए । सुवेदीले पर्वतमा गिरीले देखाएको बाटो कम्युनिष्ट कार्यकर्ताका लागि प्रेरणादायी भएको स्मरण गरे ।

कार्यक्रममा जेष्ठ कम्युनिष्ठ मञ्च नेपालका केन्द्रीय सदस्य तोयानाथ चालिसेले आफ्ना समकालीन सहकर्मी गिरीको जीवनमाथि चर्चा गरेका थिए । २०२७ सालमा तत्कालिन पुष्पलाल समूहमा संगठित भएका गिरी पञ्चयाती व्यवस्थाको अन्त्य, लोकतन्त्र, गणतन्त्र स्थापनादेखि हालसम्म निरन्तर कम्युनिष्ट आन्दोलनमा लागिपरेका होनहार कार्यकर्ता भएको चालिसेले बताए ।

सभामा पूर्वएमालेका जिल्ला उपसचिव उदय सुवेदीले पर्वत सङ्घर्षको चूनौतिपूर्ण अवधिमा गिरीले सक्रिय भूमिका खेलेको स्मरण गरे । अर्का नेता गोविन्द पहाडीले गिरी एक उर्जाशील र प्रेरणादायी व्यक्तित्व भएको बताए । नेकपाकै युवा नेता शंकर गिरीले जनयुद्धको कठिन समयमा गिरीले माओवादी आन्दोलनप्रति सद्भाव राखेको स्मरण गरे ।

श्रद्धाञ्जली सभामा रुद्र गिरी, शिव पौडेल, ढाकाराम गौतम, इन्द्र श्रेष्ठ, ज्ञानेन्द्र पहाडी, विक्रम ढुङ्गाना, मिनप्रसाद श्रेष्ठ, अधिवक्ता राम शर्मा, शेषराज रेग्मी, राम कंडेल, ईश्वर गिरी, विष्णुप्रसाद नेवार लगायतले गिरीको जीवनीमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्