आज पनि बढ्यो सुनको भाउ

Gold
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १० पुस । मंगलबार पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले बढेर रु. ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार १ सयमा किनबेच भइरहेको छ ।

मंगलबार चाँदीको भाउमा कुनै परिवर्तन भएको छैन । आज चाँदी तोलाको रु. ७२० मा कारोबार भइरहेको महासंघले जनाएकव छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्