खानेपानीमा नमूना बन्दै चौतारा नगरपालिका

2018_12_26_3131_0303_4242_Q
लाेकपाटी न्यूज
0 Shares

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगर भित्रका नागरिकलाई खानेपानीको पहुँच पु-याउने हिसावले एकघर एकधाराको अवधारणा ल्याएको छ ।

अबको एक वर्षभित्र नगरपालिकालाई खानेपानी अभावमुक्त नगर बनाउने उक्त नगरपालिकाका मेयर अमानसिंह तामाङले बताए । ‘अब हामी एक बर्षभित्र यो नगरपालिकालाई खानेपानी अभावमूक्त बनाउँछौं, एकघर एकधारा पुर्याउने हाम्रो लक्ष्य छ’, मेयर तामाङले भने ।

नगरपालिकाका अनुसार उक्त नगरभित्र भूकम्प गएयता विभिन्न संघसंस्थाबाट मात्रै १ अर्ब ४ करोडको खानेपानी आयोजनाहरु सञ्चालनमा छन् । जसमध्ये सबैभन्दा बढी जापानी संस्था जाइकाको आर्थिक सहयोगमा होल्चे–चौतारा खानेपानी आयोजना ६४ करोडको रहेको छ । भूकम्पपश्चात सुरुवात भएको उक्त आयोजना सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा रहेको नगरपािलकाकी उपमेयर जानुका पराजुलीले बताइन् ।

उनका अनुसार दोस्रो ठूलो आयोजना संघीय सरकारको आर्थिक लगानीमा सोही नगरपालिकाको वडा नम्बर ११, १२ अन्र्तगत साँगाचोकमा ३४ करोडको धमाधम निर्माण हुँदै छ । अन्य योजना पनि प्रक्रियामा रहेको पराजुलीले जानकारी दिइन् ।

जनहित ग्रामिण सेवा समिति सिन्धुपाल्चोकले अक्सफाम नेपाल, वल्र्ड भिजन, कारितास जर्मनी÷कारितास नेपाल, युनिसेफ, लगायतका अन्र्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सहयोगमा चौतारा सांगाचोककढी नगरपालिकामा ६ करोड २९ लाख लगानीमा खानेपानी आयोजनाहरु निर्माण भएको जनहितका कार्यक्रम संयोजक रोहित शर्माले बताए ।

उनका अनुसार जनहितको साझेदारीमा भूकम्प पश्चात खानेपानी सरसफाइ तथा स्वच्छता पुनस्र्थापना सम्बन्धि विभिन्न परियोजनाहरु मार्फत खानेपानी योजना निर्माण, सिंचाइ योजना निर्माण, जिविकोपार्जन कार्यक्रम, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन, विपद जोखिम न्युनिकरण, सुरक्षित आवास निर्माण लगाएतमा चौसागढी नगरपालिकालाई प्रत्यक्ष लगानी गरेको छ ।

नगरपालिकासँगको समन्वय तथा बजेट साझेदारी, प्राविधिक तथा सामाजिक परिचालनको क्षेत्रमा सहयोग पुुर्याएको जनहितले उक्त नगरपालिकामा सञ्चालित खानेपानी आयोजनाहरु निर्माण गरि हस्तान्तरण गरिएको कार्यक्रम संयोजक शर्माले जानकारी दिए । उनका अनुसार भूकम्पयता नगरमा महत्वपूर्ण योजना सञ्चालन भएका छन् ।

बाँकी रहेका अन्य योजनाहरु समेत नगरपालिकाको लक्षित योजनामा समावेश गरेर सञ्चालित गरिने कार्यक्रम संयोजक शर्माले बताए । यसैबीच सोही नगरपालिकाको वडा–१ स्याउलेको बाङ्बामा निर्मित बाङबा खानेपानी आयोजना बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।

२० घनमिटरको पानी ट्याङ्की र १३ वटा सार्वजनिकधाराबाट ८३ घरधुरीका जम्मा ३९८ जनसंख्या लाभान्वित हुने उक्त योजना कार्यक्रममा प्रमुख अतिथि तथा कारितास जर्मनीका कार्यक्रम अधिकृत पुकार क्षेत्री, वडाअध्यक्ष सानुकान्छा श्रेष्ठ र कारितास नेपालका कार्यक्रम संयोजक चक्रपाणि जोशीले संयुक्त उद्घाटन गरेका थिए ।

कारितास जर्मनी र कारितास नेपालको सहयोगमा जनहित ग्रामिण सेवा समितिको साझेदारीमा सञ्चालित जीविकोपार्जन र खानेपानी, सरसफाइ तथा स्वच्छता पुनस्र्थापना परियोजना अन्तर्गत निर्मित उक्त योजनाको कुल लागत रु। २३ लाख ६ हजार १ सय रहेको थियो । जसमा चौतारा साँगाचोकगढी नगरपालिका वडा–१ वडा कार्यालयको रु. १ लाख ५० हजार सहयोग र ३ लाख बराबरको जनश्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तोकबहादुर तामाङले जनाकारी दिए ।

योजना हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले कारितास, जनहित, वडा कार्यालय र समुदायको संयुक्त लगानी र सहकार्यमा योजना सम्पन्न भएकोमा खुशी ब्यक्त गरे । साथै समुदाय लक्षित क्रियाकलापहरुमा यसैगरी साझेदारी तथा समन्वय रहिरहे दिगो विकास हुनेमा जोड दिए ।

योजनाको दिगोपनाको लागि उपभोक्ता समितिमार्फत २५ हजार र परियोजना मार्फत २५ हजार गरि रु. ५० हजार बराबरको मर्मतसंभार कोष खडा गरिएको जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जनाकारी दिए ।

जिविकोपार्जन र आवास निर्माण विपद जोखिम न्यूनिकरण, खानेपानी सरसफाइ तथा स्वच्छताको क्षेत्रमा काम गरिरहेको जनहित ग्रामिण सेवा समितिका हरेक कार्यक्रम तथा क्रियाकलापहरु समन्वयात्मक, पारदर्शी र समुदायको आवश्यकतामा आधारित रहेको वडाअध्यक्ष सानुकान्छा श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्