प्रधानमन्त्री ओलीले आज स्थायी कमिटीमा जवाफ दिने

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार स्थायी कमिटीको बैठकमा सदस्यले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने स्याथी कमिटीको बैठकमा अध्यक्ष ओलीले जवाफ दिन लागेका हुन् । बुधबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरुको धारणाको जवाफ दिएका थिए । ओलीको कार्यव्यस्तताका कारण बुधबारको बैठकमा उनले जवाफ दिन नभ्याएको बताइएको छ ।

बुधबारको बैठकमा प्रचण्डले सरकारले पार्टी नभई पार्टीले सरकार चलाउने बताएका थिए । उनले पार्टी र सरकार सञ्चालनका लागि स्थायी कमिटी सदस्यहरू नै रहनेगरी उच्चस्तरीय कार्यदल बनाउन प्रस्तावसमेत गरेका थिए ।

नेकपाका अनुसार अध्यक्ष ओलीले आजको बैठकमा जवाफ दिएपछि नेताहरुका सुझाव समेटेर राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्