नेकपामा एकताका लागि नयाँ कार्यदल, कार्यदलमा काे-काे ?

CPN
स्थायी समितिको फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन शुक्रबार बसेको बैठकले पारित गरेको हो ।

अध्यक्षले पेश गरेको राजनीतिक प्रस्ताव स्थायी कमिटी सदस्यहरुको सल्लाह सुझावलाई समेट्दै पारित भएको बैठकपछि नेकपाका नेता झलनाथ खनालले जानकारी दिए । शुक्रबार विहान ८ बजेदेखि बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथि थप छलफल भएको थियो । प्रतिवेदन सचिवालय बैठकमा पेश हुने बताइएको छ ।

यसैबीच अध्यक्ष ओलीको प्रस्तावअनुसार नै संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र लेखराज भट्ट रहेका छन् । कार्यदलको प्रस्तावका आधारमा यो महिनाभित्रै अर्को स्थायी कमिटी बसेर संगठनात्मक काम सकाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले सांगठनिक एकतापछि गर्ने कार्यक्रममा केही फेरबदल गरेको छ ।