नागरिकका गुनासा र आलोचना सुन्दै प्रहरी

49106194_361920404585383_1654251781275779072_n
लाेकपाटी न्यूज
0 Shares

रमेश भुसाल/नवलपरासी । इलाका प्रहरी कार्यालय सुनवलले शुक्रवार नागरिक सुनुवाई कार्यक्रम गरेको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ स्थित सुनवल चोकमा पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्ट, सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापा, स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी, नागरिक समाज, आम सर्वसाधारणको उपस्थीतिमा नागरिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सर्वसाधारणहरुवाट प्रहरी कार्य, अपराध अनुसन्धान, शान्ति सुरक्षाका विषयमा उठाइएका जिज्ञासाहरुलाई सम्वोधन गर्देै इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख अनोज विकले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्र्तगत समुदायमा प्रहरीको जवाफदेहिता, सुशासन, विश्वसनीयता तथा जनसहयोग अभिवृद्धिका लागि नागरिक सुनुवाई कार्यक्रम गरेको प्रहरी निरीक्षक बिकले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्