‘निर्मलाका हत्यारा एकदिन प्रहरी खोरमा पुग्छन्’

Sailesh Thapa Chhetri
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १४ पुस । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्ने बताएका छन् ।

शनिबार सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औं वार्षिक साधारणसभाको अवसरमा उनले भने, ‘निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्छन् ।’ उनले नेपाल प्रहरी निर्मला पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएको उल्लेख गरे ।

उनले आर्थिक वर्ष ०७४/०७५ मा प्रहरीमा बलात्कारसम्बन्धी एक हजार ८८० मुद्दा दायर भएकोमा र एक हजार ३६६ मुद्दाको प्रहरीले सफल अनुसन्धान गरी दोषीलाई कारबाही गरेको जानकारी दिए ।