काठमाडौँ । चलचित्र ‘चपली हाइट’बाट आफ्नो परिचयको हाइट बढाएकी नायिका बिनिता बरालले इन्गेजमेन्ट गरेकी छिन्।
केही समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी नायिका बिनिता बरालले स्याङ्जा स्थायी घर भई हाल अमेरिकामै बसोबास गर्दै आएका प्रेमी तिलक पौडेलसँग इन्गेजमेन्ट गरेकी हुन्। बिनिताले इन्गेजमेन्टको केही फोटोहरु आफ्नो सामाजिक सञ्जाल पोस्ट गरेकी छन्।
पढाइका लागि भन्दै अमेरिका भएकी बिनिताले कृषिलाई आधार बनाएर ‘जुइनो’ नामक पुस्तक समेत लेखेकी छन्। उनका हुनेवाला पतिले फिजिक्समा पीएचडी गर्दैछन्।
बिनिता बराल र तिलकले यसै साता इन्गेजमेन्ट गरेपनि बिहे चाहीँ जुलाइमा गर्ने बताएका छन्। बराल फिल्मी जीवन छोडेर पारिवारिक जीवनमा रमाउन थालेकी हुन् ।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34