सोट्टो नेपालमा नयाँ कार्यसमिति

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ पुस । आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र प्रचारप्रचारमा ख्याति कमाएको सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल सोट्टो–नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

शनिबार सम्पन्न सोट्टोको एघारौं वार्षिक साधारण सभाले मधुसुदन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्धित्तीय उपाध्यक्षमा मानबहादुर शाही, महासचिवमा भुवनबहादुर पाण्डे, सचिवमा दिनेश अर्याल, कोषाध्यक्षमा देवराज खनाल र सह–कोषाध्यक्षमा भुवनदेवी महर्जन चयन भएका छन भने सदस्यहरुमा इन्दिरादेवी गौतम, सविन खड्का, कमलबहादुर मगर, गंगाप्रसाद गिरी, आनन्दकुमार क्षेत्री, रामस्वरुप महासेठ र कमल जिसी चयन भएका छन् ।

साधारण सभामा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्प कँडेलले अहिले योजना आयोगले दिर्घकालिन योजना तय गर्ने प्रक्रियामा अगाडि बढेको बताएका छन् । साथै उनले पर्यटन क्षेत्रका आवश्यक सुझाव प्रस्तुत गर्न पर्यटन क्षेत्रका विज्ञ एवं व्यवसायीलाई आग्रह गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले नवनिर्वाचित सदश्यहरुलाई बधाई दिंदै गफमा भन्दापनि काममा जोड दिन सबै पर्यटन क्षेत्रका व्यक्तित्वलाई आग्रह गरे । सो अवसरमा उनले पर्यटनका योजनाहरु निबन्ध लेखेजस्तो भन्दा पनि ठोसरुपमा कार्यान्वयन हुनेतर्फ केन्द्रित बनाउनुपर्नेमा योजना आयोगको ध्यानाकर्षण समेत गराएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्