‘विनर’ दीपिका : बिग बोसका केही रोचक तथ्य !

bigg-boss-12-finale
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी। बिस बोस १२ को फिनाले भइसकेको छ। यो पटक बिग बोसको ट्रफी दीपिका कक्कडले हात पारिन्। साढे तीन महिनासम्म चलेको बिस बोसमा निकै रमाइलो दृष्य देख्न पाइयो।

जस्तै जसलीन मथारु र अनुप जलोटाको फेक रिलेशनशीप, दीपक ठाकुर र मेघा धाडेबीचको झगडा। यस्तै अन्य किस्सा पनि छन्। आज हामी तपाइँलाई कि किस्साका विषयमा जानकारी दिँदैछौं।

बिग बोसको घरमा जसलीन मथारु ३७ ठूला भजन गायक अनुप जलोटासँग इन्ट्री गरेकी थिइन्। दुवैले आफूहरु रिलेशनशीपमा रहेको बताएका थिए। बिग बोसको घरमा यी दुईबीच रोमान्स पनि दख्न पाइयो। तर, यो रिलेशनशीप फेक थियो। जसै उनीहरु बिग बोसको घरबाट आउट भए तब आफूहरुको रिलेशनशीप फेक भएको बताए। तर, दुई महिनासम्म देशभर यो विचित्रको जोडी निकै चर्चामा रह्यो।

दीपक ठाकुर सोमी खानका लागि प्रेममा पागल हुनु अर्को चर्चाको विषय बन्यो। यद्यपि दीपकमात्रै सोमीका लागि मरिहत्ते गर्थे । तर, सोमी भने उनलाई एक राम्रो साथीमात्रै ठान्थिन्। यो सिजनमा ह्याप्पी क्लब–वुल्फ क्लब सबैभन्दा धेरै चर्चामा रह्यो। ह्याप्पी क्लबमा सामान्य मानिस थिए भने वुल्फ क्लबमा सेलिब्रेटी थिए। दुवै क्लबमा सदस्यबीच छोडखानी चल्यो।

Master

हरेक सिजनमा जस्तै यो पटक पनि बिग बोसको घरभित्र सदस्यहरु झगडा गर्दै गरेको दृष्य देखियो। यो पटक सबैभन्दा धेरै झगडा दीपक ठाकुर र मेघा धाडेबीच भयो। रिपोर्टिङ टास्कमा दीपक आक्रोशित भएपछि मेघाले दीपकलाई थुकिन र चप्पलले प्रहार गरिन्।

बिग बोसको घरमा प्रत्येक पटक रोमान्छिटक जोडी बन्छन्। सदस्यबीच रोमान्स देख्न पनि पाइन्छ। तर, यो पटक बन्यो भाइ–बहिनीको जोडी। दीपिका कक्कड र श्रीसंथबीच भाइ बहिनीको सम्बन्धको चर्चा खुब भयो। र, दुवैले घरभित्र यो सम्बन्धलाई राम्रोसँग पालना पनि गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्