पर्यटन पत्रकारिता कोष स्थापना

49527138_801275356884830_6814936389382045696_n
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी/प्रत्येक वर्ष पर्यटन क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कार वितरण गर्ने गरी पर्यटन पत्रकार महासंघ नवलपरासी शाखाले पर्यटन पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

पर्यटन विधामा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न नेपाल पर्यटन पत्रकार महासंघ नवलपरासी शाखाले पर्यटन पत्रकारिता पुरस्कार स्थापना गरेको पर्यटन पत्रकार महासंघका जिल्ला अध्यक्ष नारायण भण्डारीले जानकारी दिए ।

प्रत्येक वर्ष डिसेम्बर ३१ तारिखमा महासंघको स्थापना दिवसको अवसर पारेर पुरस्कार वितरण गरिने महासंघका वरिष्ठ उपाध्यक्ष रमेश भुसालले जानकारी दिए । पुरस्कारका लागि स्थापना गरिएको अक्षय कोषमा पर्यटन पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य मोहन पौडेलले रु. पाँच हजार एक रुपैंयाँ सहयोग गरेको भुसालले जानकारी दिए ।

बर्दघाट नगरपालिका वडा नं ५ स्थित पर्यटकीय स्थल कञ्चनगढीमा बसेको महासंघकोे बैठकले उक्त पुरस्कार स्थापना गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्