बस दुर्घटनामा २३ जना घाइते (नामसहित)

bus-1
लाेकपाटी न्यूज
0 Shares

कावासोती, २३ पुस । नवलपुरको मध्यविन्दुमा आज (सोमबार) बिहानै यात्रु बाहक बस दुर्घटना हुँदा २३ यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत मध्यविन्दु ११ बाहुनेकुनामा बिहान करिब ३ बजेतिर सुर्खेतबाट काठमाण्डौँका लागि छुटेको ना ५ ख ४६९६ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको हो । बस सडकबाट झण्डै १०० फिट उत्तर साईडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

बसमा सवार ३४ जना यात्रुमध्ये २३ जना घाइते भएको र उनीहरुलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरु सुर्खेत, कालिकोट, जाजरकोट, जुम्ला र दैलेखका रहेका छन् ।

घाइते हुनेमा जाजरकोटका शिवालय गाउँपालिका–९ का बिमल शाही, कालिकोटका पर्याक शाही, सुर्खेत सिम्ता २ बम अस्मिता मल्ल, सुर्खेत चोल्पाका अर्जुन मल्ल, दैलेख चामुण्डा–३ का होमप्रसाद रेग्मी, निशा शर्मा, सुर्खेत रानछिङका बुद्धिहरि कार्की, जुम्ला तिलाका ललिता रावत, कलसे राउत, मनि राउत, टोपबहादुर कार्की, कालिकोट मान्मका धर्मबहादुर शाही, लुमा बोहोरा, सुर्खेत वीरेन्द्रनगर–१६ का भुपेन्द्र बिरकट्टा, कमल मल्ल छन् ।

यस्तै कालिकोटकी बिमला बम, दैलेखका टोपबहादुर रावल, जुम्लाका मैना बुढा कार्की, एन्डी कार्की, दैलेखकी रामा खत्री, जुम्लाका नन्दप्रसाद देवकोटा, धर्मा देवकोटा र सुर्खेत पञ्चपुरी–८ सुरेन्द्रराज गिरी रहेको प्रहरीले जनाएको छ ।

बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २१ बस्ने हरिबहादुर सुनारलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्