सेयर बजारमा ६.६७ अंकको वृद्धि

Increase share market
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से ६.६७ अंकले बढेर १ हजार १ सय ७७ दशमलव ४६ को बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ३७ अंकले बढेर २ सय ४९ दशमलव ९३ को बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन कुल १ सय ४८ कम्पनीको ९ लाख १४ हजार २३९ कित्ता शेयर खरिदबिक्री हुँदा ३० करोड १९ लाख ८७ हजार ६१६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको ८ करोड ५९ लाख २७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै आज सर्वाधिक कमाउनेमा हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६.६७ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वाधिक गुमाउनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३.७१ प्रतिशतले घटेको छ । यस दिन १० वटा समूहहरुमा २ वटा समूहहरु घटेका छन् भने बाँकी सबै समूहरु बढेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्