खड्काविरुद्ध भ्रष्टाचार मुद्दा, के-के छन् उनीमाथि अभियोग ?

Gopal khadka
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ पुस । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनलाई अवैध रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा लुकाएको आरोप अख्तियारले लगाएको छ ।

खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत र सोहि रकम बराबरको जरिवानाको मागसहित आयोगले मुद्दा दर्ता गरेको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भाराउन माग गरेको छ ।

खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनयापन गरेको दाबी अभियोगपत्रमा गरिएको छ । सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि गत जेठ तेस्रो साता खड्काले पदबाट राजीनामा दिएका थिए ।