निगमको कार्यकारी निर्देशकमा पौडेल

NOC
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ पुस । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सरकारले सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको भ्रष्टाचारको आरोपमा बर्खास्त भएपछि निगम निमित्तको भरमा चलेको थियो । नयाँ निर्देशकका लागि मन्त्रालयले खुला प्रतिष्पर्धा गराएकाे थियो । जसमा १२ जनाले आवेदन दिएका थिए ।

मन्त्रालयले १२ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको थियो । तीमध्येबाट सुरेन्द्र पौडेललाई सरकारले कार्यकारी निर्देशकको रुपमा छनोट गर्‍यो । ‍

यसअघि पौडेल उदयपुर सिमेन्टको महाप्रबन्धक थिए । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका पौडेलले उदयपुर सिमेन्टलाई नाफामा लगेको बताइन्छ ।

निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईको जिम्मेवारीमा रहेको निगमले अब भने नयाँ निर्देशक पाएको छ ।