राप्रपा मुस्लिम र क्रिश्चियनको पनि पार्टी हो : कमल थापा

Kamal Thapa
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै धर्म–सम्प्रदायसँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।

पार्टीको आदीवासी जनजाति विभागद्वारा आयोजित ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र आदिवासी जनजाति बिचको सम्बन्ध’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले हिन्दु, बौद्ध, किराँत, मुस्लीम र क्रिश्चियन सबैको साझा पार्टीको रुपमा राप्रपालाई निर्माण गर्ने दाबी गरे ।

राप्रपाका विषयमा धेरै भ्रम र अफवाहहरु छन्, तिनलाई चिरेर अगाडी बढ्न आवश्यक भएको चर्चा गर्दै अध्यक्ष थापाले राप्रपाले उठाएका विषयहरु देश र जनहितको पक्षमा रहेको दावी गरे ।

सबै जाति, भाषा र धर्मको समुचित विकास नभई देशको समग्र विकास हुन नसक्ने समेत थापाले स्पष्ट पारेका छन् ।
सो कार्यक्रममा बोल्दै पार्टीका नेता तथा प्रतिनिधिसिभाका सांसद राजेन्द्र लिङदेनले सम्पूर्ण आदिवासी जनजातिको भाषा, लिपिको संरक्षण र सम्बर्धनमा राप्रपा सदैव सचेत एवं चनाखो रहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्