अनुहारमा चमक ल्याउन यसो गर्नुस् (टिप्स्)

Girl
लाेकपाटी न्यूज

काठमाडौं । मानिसहरु अनुहारमा चमक ल्याउन अनेक प्रयास गर्छन् । र, पनि चमक प्रभावकारी हुँदैन । अझ कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय पनि छन् । आज हामी तिनै घरेलु उपायबारे तपाईलाई जानकारी दिन गइरहेका छौं ।

अनुहार चम्किलो बनाउनका लागि घरेलु प्याक बनाएर प्रयोग गर्न सकिन्छ । बेसन, चन्दन, बेसार र दूधको फेसप्याक अनुहारमा दल्नुहोस् । अनुहारमा दलेको उक्त फेसप्याक एक वा दुई घन्टासम्म नपखाल्नुहोस् । फेसप्याकमा दूधको सट्टा गुलाबजल पनि प्रयोग गर्न मिल्छ ।

मुसुरोको दाल पिसेर यसको पेस्ट बनाई महसँग लगाएमा पनि अनुहारमा चमक आउँछ ।

कागतीलाई काटेर रस अनुहारमा दल्दा पनि अनुहार चम्किलो बन्छ । तर, यस्तो काम दैनिक रूपमा गर्नुपर्ने हुन्छ ।

दही अनुहार लगाउँदा पनि चमक आउँछ । दहीमा कागती मिसाएर अनुहारमा लगाउँदा छाला मुलायम तथा चम्किलो बन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्