लेखा अधिकृत रिठ्ठेको लगानी डिपार्टमेन्ट स्टोर्समा

लाेकपाटी न्यूज

चितवन,२६ पुस ।  जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे लगानी डिपार्टमेन्ट स्टोर्समा फेला परेकाे छ । एक करोड ७१ लाख हिनामिना गरेर फरार भएका लेखा अधिकृत रिठ्ठेकाे लगानी डिपार्टमेन्ट स्टोर्समा रहेको बताइएको हो ।

अनुसन्धानको क्रममा भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोवार रोक्का गरिएको बताए । यसै गरी उनका सबै बैंक खाता रोक्का गरिएको छ ।

मालपोत कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरुजु देखिएपछि मङ्सिर २५ गतेदेखि नै लेखा अधिकृत दर्जी फरार भएको मालपोत कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेले जानकारी दिए ।

गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा रु. एक करोड ७१ लाख बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।

मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारवाही भोग्न पनि तयार छु भनी सनाखत गरेको कार्यालय प्रमुख पौडेलले बताए ।

सोही दिनबाट दर्जी फरार छन् । पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्