सरकारले तोकेको मूल्य तिर्न उद्योगी सहमत

sugarcane
लाेकपाटी न्यूज

महोत्तरी, २६ पुस । सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् ।

महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल रु ५ सय ३६ दरले उखु खरीद गर्नका लागि उद्योगी तयार भएका हुन् ।

चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद गरेको ४५ दिनभित्रमा किसानलाई उखुको रकम भुक्तानी गर्ने र उद्योगसँग मौज्दात रहेको चिनी नेपाल सरकारलाई खरीद गर्न आग्रह गर्ने सहमति भएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ का लागि उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल रु ५ सय ३६ निर्धारण गरेको छ । उद्योगीले यसभन्दा अघि सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न नसक्ने अडान राखेपछि किसान अन्यौलमा परेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्