जापानी विदेशमन्त्रीलाई प्रधानमन्त्री ओलीको सरप्राइज गिफ्ट

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ पुस । नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कानो तारोले बालुवाटारमा जन्मदिन मनाएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गर्दै उनले बालुवाटारमै जन्मदिन मनाएका हुन्। ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले कानोलाई सरप्राइज गिफ्ट भन्दै बधाई दिएका थिए । कानो ५६ वर्षमा प्रवेश गरेका छन् । उनले नेपालका प्रधानमन्त्रीसँग जन्मदिन मनाउने अवसर पाएको भन्दै खुसी व्यक्त गरे ।

विदेशमन्त्री तारोले नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रबद्र्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्