काठमाडौंको नयाँ खाजा ‘भक्का’

Bhakka
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ पुस । पूर्वका जिल्लाहरुमा पाइने भक्काको व्यापार यतिबेला राजधानीमा पनि सुरु भएको छ । चिसो मौसममा ‘झापाको भक्का’ भन्दै राजधानीका विभिन्न स्थानमा यसको व्यापार भइरहेको छ । पहिला-पहिला बिहान बेलुका चिसो मौसमका भक्का खाने गरिएपनि अहिले भने जतिबेलै यसको व्यापार हुने गरेको छ ।

राजधानीको अनामनगरमा एउटा चुलोमा घैला बसालिएको थियो । जहाँबाट निस्किरहेको पानीको बाफमा गोलो आकारमा सेतो रङको परिकार पाक्दै थियो । केही मानिसहरुले बाटोमै उभिएर केहीबेर भक्का हेरे । अनि ‘ओहो ! यही पो हो भक्का’ भन्दै हिँडे । यतिबेला राजधानीमा भक्का भित्रिएको छ । यो राजधानीबासीका लागि नयाँ र नौलो परिकार हो । उमेरले ७० नाघेकी एक वृद्धालाई भक्का बेच्न भ्याइनभ्याई थियो । व्यस्त सडकको छेउमा मानिसहरु भक्काका लागि लाइनमै पर्खिरहेका थिए ।

मानिसहरु बाफबाट पाकेको भक्का र आफूलाई मनपर्ने अचारमा झुम्मिएका थिए । ‘भक्का माटोको चुलोमा दाउराबाट पकाउँदा अझ स्वादिष्ट हुन्छ । तर, काठमाडौंको गल्लीमा यो सम्भव छैन,’ भक्का बेच्दै गर्दा वृद्धाले भनिन् ।

भक्का नयाँ चामलको नरम र स्वादिलो हुने उनले बताइन् । उनी एउटा भक्काको २० रुपैयाँ लिन्छिन् । झापा घर बताउने वृद्धाले त्यसबाट दिनमा लगभग ७ सयदेखि हजारसम्म कमाउँछिन् ।

‘म:म र चाउमिन खाएर वाक्क भइसकेका थियौं । हामीलाई भक्का निकै मनपर्‍यो । स्वादिलो छ ।,’ भक्काको स्वाद लिँदै गरेका एक जवानले भने ।

यतिबेला राजधानीको आरआर क्याम्पस अगाडी, शान्तिनगरगेट तथा भक्तपुरको गठ्ठाघर क्षेत्रमा यसको व्यापार मौलाएको छ ।

त्यस्तै झापाकै एक युवाले राजधानीको पूरानो बानेश्वरमा ‘भक्का हाउस’ सञ्चालन गर्दै आएका छन् । विवश काफ्लेले सञ्चालन गरिरहेको हाउसमा युवायुवतीहरुको ताँती लाग्ने गरेको छ ।

उनका अनुसार भक्का स्वास्थ्यको हिसाबले पनि राम्रो र अन्य खाजा भन्दा सस्तो पनि छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29

Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्