डा.केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

Dr_kc_
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २८ पुस । १६ औँ अनसन शुरु गरेका डा.गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएकोे छ ।

डा. केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार मध्यान्हे माइतीघरमा प्रदर्शन भएको हो ।
सोलिडारिटी फर डा. केसी एलाइन्सले डा. केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

सो संस्थामा आबद्ध एक समूहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौता विपरित संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकमाथिको प्रतिवेदन पारित भएपछि डा. केसीले इलामबाट १६ औँ सत्याग्रह पुस २५ मा ६ बुँदे माग राखेर सुरु गरेका छन् । डा.केसीले १६ औं अनशनमा राखेका ६ बुँदे मागहरु यस्ता छन् ।

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२. गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि।वि। पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णयका बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३. सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५. द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्रा्िष्ट्रय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्