प्रणय दिवसमा विवाह गर्दै वर्षा र संजाेग

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३० पुस । विगत ५ वर्षदेखि पे्रम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोग कोइराला विवाह बन्धनमा बाँधिने भएका छन् ।

उनीहरु आउँदो फागुन २ गते अर्थात भ्यालेनटाइन डेका दिन विवाह गर्ने भएका छन् । सोमबार उनीहरुले फेसबुकमार्फत विवाहको मिति घोषणा गरेका हुन् ।

उनीहरुले आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको जानकारी र मिति घोषणा गरेका हुन् ।

‘नाइँ नभन्नू ल ४’बाट नेपाली सिने क्षेत्रमा भित्रिएकी वर्षा पछिल्लो समय चलेकी नायिका हुन। उनको नयाँ चलचित्र ‘गोपी’ आउँदो माघ १८ गते रिलिज हुँदैछ भने हाल ‘चौका दाउ’ ‘दाल भात तरकारी’, प्रदर्शनको तयारीमा छन्। संयोग पनि नेपाली चलचित्र क्षेत्रमै काम गरिरहेका छन्। उनले ‘छक्का पञ्जा ३’, ‘बाजीगर’, ‘कथा काठमाडौं’ लगायतका चलचित्रमा अभिनय गरेका छन्।