विमान दुर्घटनामा १० को मृत्यु

aeroplane
लाेकपाटी न्यूज

एजेन्सी । इरानमा भएको विमान दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सोमबार पाकीस्तानबाट उडेको कार्गो विमान धावनमार्गमा दुर्घटना ग्रस्त भएको हो ।

अलबोर्ज प्रदेश नजिकै रहेको पायाम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आल्बोर्ज प्रान्तको फाथ विमानस्थलमा अवतरण हुन लागेको यो विमानले एक भवनमा ठक्कर दिएपछि धावनमार्गभन्दा बाहिरपट्टी जबर्जस्ती अवतरण हुन लागेकोले दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्