काठमाडौंमा दिउँसै लुटियो सुन

लाेकपाटी न्यूज

काठमाडौं, १ माघ । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट दिउँसै सुन लुटिएको छ ।

घरमा कोही नभएको अवस्थामा विष्णुप्रसाद पुडासैनीको घरबाट सोमबार दिउँसो सुनका गहना ४ तोला र नगद रु. २५ हजार समेत गरी करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने बुढानिलकण्ठ नगरपालिका घर भएका ४० वर्षीय तेजेन्द्र श्रेष्ठको कोठाबाट सोमबार दिउँसै नगद ११ लाख ५० हजार रुपैयाँ र सुनका गहना ९ तोला ७५ लाल समेत गरी करिब १७ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्