काठमाडौं, ३ माघ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा किचलो सुरु भएको छ । नेपाल विद्यार्थी संघको म्याद गत भदौमा सकिएको थियो । तर, पार्टीले मंसिर २ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको थियो । तोकिएको मितिमा पनि महाधिवेशन हुन नसकेपछि माघ २ गतेसम्मका लागि समयसीमा तोकिएको थियो । पार्टीले तोकेको सयममा पनि महाधिवेशन भएन ।
यतिबेला नेविसंघ विघटनको संघारमा पुगेपछि नेताहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । यसैबीच १२ औं महाधिवेशनको म्याद नथप्न देउवाइतरका मनोज वैद्य र दीपक भट्टराईलगायत ३ सय विद्यार्थी नेताहरु बिहीबार देउवा निवास जाँदैछन् । अब नेविसंघबारे पार्टीले ‘स्पेशल’ निर्णय नगरे तथा म्याद नथपिए नेविसंघ नेतृत्वविहीन हुनेछ ।
केही नेताहरुले नेविसंघप्रति पार्टी नेतृत्व गम्भीर नभएको आरोप लगाएका छन् ।