डा. केसीको स्वास्थ्यमा आधा दर्जन बढी समस्या

Dr.Gobinda KC01
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । इलाममा अनशनरत डा. केसीको स्वास्थ्यमा आधा दर्जनभन्दा बढी समस्या देखिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको विशेषज्ञहरुको टोलीले बुधबार डा. केसीको स्वास्थ्य जाँच गरेको थियो । उक्त टोलीले उनको स्वास्थ्यमा नौ वटा समस्या देखिएको बताएको थियो ।

चिकित्सकहरुको टोलीले डा. केसीलाई तत्काल आइसीयुमा सार्न सुझाएको थियो । चिकित्सकका अनुसार डा. केसीको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम हुँदै गएको तथा मुटुको चाल अनियन्त्रित भएको लगायतका समस्या देखाएको थियो ।

डा. केसी चिकित्सा शिक्षामा व्यापक सुधारको माग राख्दै पुस २५ गतेदेखि इलाममा १६ औं अनशन बसिरहेका छन् ।