काठमाडौं, ३ पुस । नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्को निर्णयबारे जानकारी दिंदै सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल सरकारको राजपत्राकिंत द्वतीय श्रेणीको कर्मचारीको संयोजकत्वमा पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको बताए ।
उनले नेपालमा कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाएर देखाउने बताउँदै अब नेपालमा कागजको पानी जहाज होइन साचिक्कैको पानी जहाज चल्ने बताए । उनले भने, ‘हामीले पानी जहाजको कार्यालय स्थापना गर्ने निर्णय गरिसक्यौ । पानीजहाजको कार्यालय स्थापना गर्न १६ जनाको टोली परिचालीत गरिने छ ।’
यसका लागि स्रोत जुटाउन आगामी चैत १४ र १५ गते काठमाडौमा लगानी सम्मेलन गरि वैदेशिक सहायता भित्र्याउने लक्ष्य लिएको समेत उनले बताए ।
सरकारको निर्णय अनुसार आगामी फागुनदेखि जनकपुर(जयनगर रेल सेवा नियमित सन्चालन गर्ने र यसका लागि आफ्नै लगानीमा रेल किन्ने तयारी स्वरुप यो कार्यनीति ल्याइएको उनको भनाईछ ।